"म यो बुढीसँग स्कुल जान्न ! न त म यो बुढीसँग घर आउँछु"
"म यो बुढीसँग स्कुल जान्न ! न त म यो बुढीसँग घर आउँछु"।
नीता आफ्नो दस बर्षिय छोरा अमितको शब्द सुनेर चकित भइन्।
यो के भन्दैछ ? आफ्नो हजुर आमालाई बुढी किन भन्दैछ?
कहाँबाट सिक्दैछ यस्तो कुरा?
नीता सोंच्दै थिइन् त्यतिकैमा अमितको काका सँगैको कोठाबाट निस्केर सोधे -:" के भयो छोरा?
जहिलेपनि गाली मात्र गर्छिन् , मेरो साथीहरूले मेरो मजाक उडाउँछ्न्"।
यस्तो कुरा सुनेर घरको सबै परिवार चकित भए।
नीताको पति, दुईवटा देवर, र देउरानी, एकजना नन्द, ससुरा र कामगर्ने मान्छे।
अमितलाई स्कुल छोड्ने ल्याउने जिम्मेवारी हजुर आमाको थियो।
खुट्टा दुख्ने रोग भएतापनि नातिको प्रेमलेगर्दा कसैलाई केही भनिनन्।
धेरै माया गर्थिन् नातिलाई घरको पहिलो नाति थियो अमित।
तर आज त्यहीँ नातिको मुखबाट उनकोलागि यस्तो शब्द सुनेर सबैलाई आश्चर्य लागिरहेको थियो।
राती खाना खानेबेलामा अमितलाई निकै सम्झाइन् तर उ मान्दै मानेन आफ्नो कुरामा अडिग रह्यो।
अमितको पिताले उसलाई थप्पड हाने।
सबैले फैसला गरे भोलिदेखि अमितलाई लिन छोड्न आमालाई नपठाउने।
भोलिपल्ट देखि उसलाई लाने ल्याउने अरुले नै गर्न थाल्यो।
तर नीताको मन विचलित हुनथाल्यो।आखिर उसले यस्तो किन गर्यो?
नीता अमितसँग रिसाएकी थिइन्।
बेलुकाको समयमा नीताले दूध तताएर अमितलाई दिन खोज्दै गइन्।
अमित कौसीमा हजुरआमासँग कुरागर्दै थियो। नीताले लुकेर सुन्न थालिन् ।
अमित हजुरआमाको काखमा टाउको राखेर भन्दै थियो।
" मलाई थाहा छ हजुर आमा ममा म सँग रिसाउनु भएको छ , ।
तर म के गरुँ ?
यस्तो गर्मीमापनि उहाँले हजुरलाई मलाई लिन पठाउनु हुन्छ।
हजुरको खुट्टा दुख्छ भनेर मैले ममालाई भन्दाभन्दै पनि उहाँले हजुरआमा आफ्नो खुशीले जानुहुन्छ भन्नुभयो। हजुरआमा मैले... झुठो बोले मैले धेरै गल्ती गरे।
हजुरलाई यो दुखबाट बचाउन मैले अरु कुनै उपाय देखिन... ।
हजुरले ममालाई भन्नुहोस् मलाई माफ गर्दिनु भनेर"।
अमित बोल्दैगयो, नीताको खुट्टा लर्बरिन थाल्यो।
आफ्नो छोराको झुठो बोल्नुको पछाडी यति ठुलो कुरा भएकोथाहा पाएर उनलाई अमितसँग गर्व लाग्न थाल्यो।
नीताले दौडिदै गएर छोरालाई अंगालो हालिन् र भनिन् -: "छोरा तिमीले कुनै गलत काम गरेनौं।
हामी पढेलेखेका अबुझहरूलाई सम्झाउने यहीँ तरिका ठिक छ"।
"स्याबास छोरा। स्याबास"।सबैको नातिले यस्तो कदम चालेदेखि सायद सबैको ध्यान आफ्नो वृद्ध आमा बुबातिर जाने थियो कि??
एकपटक सोंच्ने हो कि??
लेखिका साधना भन्डारि
Post a Comment