" रेडियो भित्रको सानो मान्छे "
म करिब ७/८"बर्ष सानो छँदा, मेरो पहाडी जन्म गाउँ देखि अझ माथी अर्को गाउँ थियो ।त्यो गाउँमा एक जना गाउले काका थिए ।जो उमेरले २२/२५ बर्से ,घरमा काम गर्न अल्छी मान्ने गाउघर घुम्ने आउने खाने मात्रै काम थियो । बाउ आमाको गाली त दालभात तरकारी बराबर थियो । अति भए पछि त त्यो बेलाको जमाना अनुसार घरमा चित्त नबुझे पछि बाउ आमा सङ (बिद्रोह गरेर ) प्राय पुरुषहरु फिन्चिलिङ भोटाङ्ग भनिने ( भुटान ) सिलाङ्ग(कोइला खानी) ,आसाम मेघालय पलायन हुने चलन थियो ।मानौ त्यो जमानामा अहिलेको साउदी कतार ,दुबई देश जस्तै वैदेशिक रोजगार थियो बिना पासपोर्ट बिना भिसा ! त्यसै गरि गाउले काका पनि पलायन भएका थिए ।
धेरै बर्ष पछि कोहि धन कमाएर फर्कन्थे ,कोहि रोगी भएर फर्कन्थे ,कोहि जुवा तास,नारी सम्बन्धमा बिग्रेर बिजोग हुन्थे ,अनि उतै सम्पर्क बिहिन हुने या बिजोग भएर गाउँ घर आउथे । कोहि आसामको खसियाहरुले जङ्गल तिर गुमनाम पार्थे । यसरी आफ्नो आफ्नो कर्म अनुसार जिन्दगी वारपार भइरन्थ्यो ।
करिब४/५बर्ष पछि काकाले छालाको खोल लाएको national panasonic japanese रेडियो बजाउदै घर आए । उस्को प्रष्ट देखिन्थ्यो केही परिवर्तन भएको अनुहार ,लुवाई खुवाई बोलाई अनि ठुलो ठुलो गफहरु सुनाउनमा मस्त अनि गाउलेहरु , हामी बच्चा त झन के कुराअर्कै ग्रहको मान्छे जस्तै लाग्थ्यो ।
किन कि ? उस्को हातमा रेडियो थियो ।त्यो भित्र मान्छे बोल्थ्यो,गित गाउथ्यो,बाजा बज्दथ्यो । अनि हामी बाल मस्तिष्क सोच्दै हैरान थियौ ।
" यति सानो बक्स भित्र कत्रो मान्छे बसेर बोलेको होला ?"
मलाई त्यो सानो मान्छे हेर्न पाए हुन्थ्यो भन्ने ठुलो इच्छा थियो ।अनि मैले गाउले काका रेडियो बोकेर आए पछि ,सोध्ने गर्थे ।
१. काका यो भित्र कत्रो मान्छे हुन्छन ?
२.ती मान्छे कति खेर खाना खाने सुत्ने गर्छन ?
३. कहिले नुहाउन ,घाम ताप्न निस्कन्छन ?
आदि आदि प्रस्न सधै गरिरहदा ती काकाले यसरी मलाई भन्ने गर्थे ,
" भतिज सानो सानो मान्छे हरु राती ११ बजे सुत्छन ,बिहान ६ बजे उठछन ,बिहान ११ बजे खाना खान्छन १ बजे सम्म आराम गर्छ्न । सनिवार सनिवार छुट्टी हुन्छ म यिनिहरुलाई बाहिर निकालेर नुहाइ दिन्छु ,घाम तपाएर फेरि भित्र हुलाउछु , सनिवार हेर्न आउ ल ?"
भनेर भन्नू हुन्थ्यो ।अनि मलाई बोलाएको सनिवार सानो मान्छे हेर्न जाने दिन थियो । म सारै खुशी थिय । मन मन मा आज नौलो मान्छे देख्न पाइने भो भन्ने ठुलो इच्छा पूरा हुने ढुक्क थिय । हेर्न जान ठिक पर्दै गर्दा आमाले भन्नू भयो ।
" बाबू आज बाख्रा गोठाला जा ल ? आज अरु फुर्सद छैन सबै धान रोप्ने खेतला छ ,घरको काम हो ।हामी पनि धान रोप्ने हो । त गोठालो गैइ दे ल ? मेरो छोरो भनेको मान्छ ,ज्ञानि छ हगि ?"
भन्दै फुर्काउनु भयो ,म पनि आज्ञाकारी छोरो थिय ।मुटु भित्र उत्कट इच्छा रोकेर ,दिनभर मन खल्लो हुँदै निरास हुँदै ,त्यही नुहाउन निस्किने रेडियो को सानो मान्छे सम्झदै दिन बिताय ।बाख्राहरुले अर्कैको बाली खाएको पनि पत्तो पाइन । बाली धनिले बाख्रा समाएर मेरो नजिक कराउदै ल्याएछ । अनि मेरो कान बटारेर रातो पारी दियो ।
त्यो दिन म ज्यादै दुखी थिय । त्यो मेरो कल्पनाको सानो मान्छे हेर्न नपाएको ज्यादै पिडा भएको थियो । आइतबार फेरि त्यो काका रेडियो घन्काउदै आउनु भयो । अनि नजिक गएर हतार हतार सोधी हाले ।
" काका काका , हिजो सनिवार सानो मान्छेहरुलाई नुहाई दिनु भयो होला नि ?"
काकाले झन उराल्दै भन्नू भयो
" हो त निकालेर नुहाई दिय ,दिनभर घाम तापेर खुसी भए ,तिमिलाई कति पर्खेर बसे आएनौ ,किन न आएको ? कस्तो हेर्ने मौका गुमायौ नि ? च च ,"
यति सुन्न बितिकै मलाई त झन पस्चताप लाग्यो ,यति चाेट पर्यो कि ? जिन्दगीमा जब सम्म कि ? गाउँ छोडेर धरान आएर बिग्रेको रेडियो बनाउने दोकानमा रेडियो भित्र केके कस्तो कस्तो मान्छे हुन्छ भन्ने प्रत्यक्ष देखे पछि थाहा भयो । साना चार पाटे ,डल्लो ,लाम्चो ,निलो,कालो रातो सेतो प्लास्टिक का टुक्राटुक्राहरु उभिएका थिए । आखिर ती नै थिएछन काकाले भनेका साना साना मान्छेहरु बेकार बाल मस्तिष्क भ्रममा परेछु । तर पनि घरी घरी तिनीहरु मान्छे नै जस्तो पनि लाग्थ्यो ।
हुन पनि कसरी भ्रम मा नपर्नु ,नपत्याउनु?
दिउँसो ११ बजे रेडियो बज्न बन्द हुन्थ्यो ,
" उ खाना खान गए " भन्थे काका,
१ बजे दिउँसो बज्न थाल्थ्यो ," उ अब खाना खाएर ,आराम गरेर आए " भन्थे काका
राती १० बजे बन्द हुन्थ्यो " उ सुत्न गए अब भोलि बिहान ६ बजे आउछन " भन्थे काका
अनि सोच्दथे म !
" यी मान्छेहरु निस्केर कता बाट जान्छन ??
आजभोलि मोबाईल मा त झन अति मसिना मान्छे
जानी नजानी आफ्नै बाल कथामा पात्र आफै बालमस्तिष्क ।
*"
(Basanta panglung )
Post a Comment